इटहरीका सडक धमाधम शिल्यान्यास गरिदै

Newslaya Home

इटहरीका सडक धमाधम शिल्यान्यास गरिदै

आइतबार २४, कार्तिक २०७६

इटहरी । इटहरीमा दुई महिनाकै अविधमा छ वटा सडक शिल्यान्यास गरिएको छ । एकै दिन दुई सडक समेत गरि दुई महिनामा छ सडक शिल्यान्यास गरिएको हो । इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले इटहरी उपमहानगरको गौरवको योजना रहेका ११ वहुबर्षे सडक योजना मध्ये दुइ वटा सडक शिल्यान्यास गरे ।

इटहरी उपमहानगर वडा नम्वर १७, १८ र १९ मा पर्ने मझौरा देखि वरम्पुर जोडने कालोपत्रे सडक योजना र इटहरी ५ हलगढा देखि वडा नम्वर १ को कञ्चनचौक जोडने सडक कालोपत्रे योजना शिल्यान्यास गरिएको हो । इटहरीको ग्रामिण क्षेत्रलाई शहर बजार र राजमार्गसँग जोडी गाँउका वासिन्दालाई उपमहानगरवासी भएको अनुभूति दिलाउन वहुवर्षे सडक कालोपत्रे योजना संचालन गरिएको प्रमुख चौधरीले बताए ।

पहिलो बर्ष स–साना योजना संचालन गर्दा लक्षित उपलब्धि प्राप्त हुन सक्ने अवस्था नदेखेर तीन बर्षको वजेटले सर्पोट गर्ने वहुवर्षे योजना सुरु गरिएको उनले जानकारी दिए । गाँउका ११ वटा मुलबाटो पिच हुँदा बर्ष दिनमै ३० किलोमिटर कालोपत्रे हुने उनले बताए । उपप्रमुख लक्ष्मी गौतमले ११ वटा वहुवर्षे योजना अन्र्तगत सडक कालोपत्रे गरिसकेपछि गाँउका वासिन्दाको सुविधाका लागि नगरवस संचालन गरिने बताइन् ।

गाँउका वासिन्दाले पनि घर अगाडीबाटै गाढि चढेर बजार जाने अवस्था सृजना गर्न उपमहानगर लागि परेको उनले बताइन् । प्रमुख प्रशासकीय अघिकृत केशव विमलीले गुणस्तरीय निर्माण र समयमै काम सक्ने कुरामा सम्झौता नहुने बताए । छुट्टाछुटटै भएको शिल्यान्यास कार्यक्रममा बोल्दै वडाध्यक्षहरु श्री नारायण चौधरी, रामकुमार चौधरी र कल्याण कार्कीले गाँउ गाँउका जनता बाटो पिच हुने भएपछि उत्साहित भएको बताए । इन्जिनियर जीवन घिमिरेले सडक निर्माण निर्धारित अवधि भन्दा एक दिन पनि पर नजाने प्रतिवद्धता जनाए ।