फेसबुकले गर्यो लोगो परिवर्तन, कारण यस्तो

Newslaya Home

फेसबुकले गर्यो लोगो परिवर्तन, कारण यस्तो

आइतबार २४, कार्तिक २०७६

काठमाडौं । फेसबुकले आफ्नो ब्राण्डलोगो परिवर्तन गरेको छ । एक खास उद्धेश्यका साथ फेसबुकले नयाँ लोगो डिजाइन गरेको बताएको छ ।

फेसबुकको नयाँ लोगोमा सबै अक्षरहरु ठूलो अक्षरमा छन् ।

यो नयाँ लोगो फेसबुक एप तथा फेसबुक वेबमा तत्काल भने देखिदैन । वास्तवमा आफु ह्वाट्सएप, इन्स्टाग्राम लगायतको मातृ कम्पनी भएको देखाउन फेसबुकले यसो गरेको बताइएको छ ।

फेसबुकको नयाँ लोगो Gif मा जारी गरिएको छ, अर्थात् यो चलायमान छ । यसमा फराकिलो हिसाबले FACEBOOK लेखिएको छ र सबै capital letters छन् ।

लोगोको Gif मा रहेका फरक–फरक रङले फेसबुक कम्पनीका विभिन्न खाले प्रडक्टहरुको बारेमा बताउने गरेको दाबी गरिएको छ । जसमा निलो रङ फेसबुकका लागि, हरियो ह्वाट्सएपका लागि था गुलाबी रङ इन्स्टाग्रामका लागि छुट्टाइएको छ । यो नयाँ लोगो आमाी केही हप्तामै प्रयोगकर्ताले प्रयोग गर्न पाउने बताइएको छ । कम्पनीले यसलाई मार्केटिङ तथा प्रडक्टको विज्ञापनका लागि प्रयोग गर्नेछ ।

फेसबुकका अनुसार from facebook प्रयोग गर्नुको उद्धेश्य मानिसहरुलाई फेसबुक र यसका अन्य एपहरु एउटा संयुक्त संरचनामा आधारित छन् र एउटै टिममा निर्भर छन् भन्ने देखाउनु हो ।