किन घटे लोकसेवा परीक्षा दिनेहरु ?

Newslaya Home

किन घटे लोकसेवा परीक्षा दिनेहरु ?

आइतबार २४, कार्तिक २०७६

काठमाडौं । लोकसेवा आयोगका विज्ञापनमा दरखास्त दिने उम्मेदवार ७५ प्रतिशतले घटेका छन् । समायोजनका कारण सरकारले न्यूंन संख्यामा मात्र कर्मचारी माग गरेकाले विज्ञापनमा असर देखिएको हो ।

गत आवमा संघतर्फ १ लाख ४३ हजार ८ सय ४० जनाले आवेदन दिएका थिए । खरिदामा सबभन्दा बढी ६४ हजार ७ सय ३३ दरखस्त परेको आयोगको प्रतिवेदनमा उल्लेख छ ।

कुल दरखास्तको २९ प्रतिशत प्रदेशले ओगटेको छ । त्यसमा पनि सबैभन्दा बढी सर्लाही, सप्तरी, धनुषा, बारा, महोत्तरी र सिरहाका छन् ।

सबैभन्दा कम मनाङ, मुस्ताङ, रसुवा, नवलपरासी र डोल्पाबाट परेको छ । सबैभन्दा बढी २१ देखि २५ बर्ष उमेर समूहका ३५ प्रतिशत उम्मेदवार छन् । दरखास्त दिनेको औसत उमेर २६ बर्ष तोकिएको छ ।

संघमा परेको न्यून दरखास्तको क्षतिपूर्ति स्थानीय तहको विज्ञापनले गरेको आयोगका सहप्रवक्ता देवीप्रसाद सुवेदीले बताए ।