ला लिगामा बार्सिलोना र रियलको सानदार जित, मेसीको ह्याट्रिक

Newslaya Home

ला लिगामा बार्सिलोना र रियलको सानदार जित, मेसीको ह्याट्रिक

आइतबार २४, कार्तिक २०७६

स्पेन । स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोना र रियल मड्रिडले आ–आफ्ना खेलमा सानदार जित निकालेका छन् । साविक विजेता बार्सिलोनाले सेल्टा भिगोलाई ४–१ ले हराउँदा रियल मड्रिडले एआइबारमाथि ४–० को एकपक्षीय जित निकाल्यो ।

घरेलु मैदानमा भएको खेलमा साविक विजेता बार्सिलोनालाई जिताउने क्रममा कप्तान मेसीले ह्याट्रिक गरे । खेलको २३औं मिनेटमा मेसीले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । सेल्टा भिगोका लागि लुकास ओलाजाले ४२औं मिनेटमा गोल गर्दा खेल बराबरी भएको थियो । पहिलो हाफको अतिरिक्त समयमा मेसीले अर्को गोल गर्दा । खेल २–१ मा पुग्यो ।

दोस्रो आफ सुरु भएलगतै ४८औं मिनेटमा मेसीले तेस्रो गोल गरी अग्रता बढाए । ८५औं मिनेटमा सर्जिओ बसक्वेटले गोल थपेपछि बार्सिलोनाले ४–१ को जित दर्ता गर्न सफल भयो ।

यता रियल मड्रिडले एआइबारलाई उसकै मैदानमा हराउने क्रममा करिम बेन्जिमाले २ गोल गरे । कप्तान रामोसले र मिडफिल्डर फेडेरिको भल्भर्डेले १–१ गोल गरे । रियलका लागि बेन्जिमाले १७औं मिनेटमा पहिलो गोल गरेका थिए । रामोसले २०औं मिनेटमा अर्को गोल थपे । २९औं मिनेटमा बेन्जिमाले पेनाल्टीमार्फत गोल गर्दा पहिलो हाफमा नै रियल ३–० ले अघि बढ्यो । ६१औं मिनेटमा फेडेरिको गोल गरेका हुन् ।

जितपछि बार्सिलोना र रियल मड्रिडको समान १२ खेलबाट २५ अंक पुगेको छ । गोलअन्तरका आधारमा बार्सिलोना शीर्ष र रियल दोस्रो स्थानमा छ । एक खेल बढी खेलेको रियल सोसिडाड २३ अंकका साथ तेस्रो स्थानमा छ ।