इटहरीमा ‘युथ इनोभेटिभ साइन्स सोसाइटी’ (फोटो फिचरसहित)

Newslaya Home

इटहरीमा ‘युथ इनोभेटिभ साइन्स सोसाइटी’ (फोटो फिचरसहित)

–रोजिना खतिवडा
शनिबार २३, कार्तिक २०७६

इटहरी । इटहरीमा शनिबार ‘युथ इनोभेटिभ साइन्स सोसाइटि’को उद्घाटन गरिएको छ । इटहरी–१२ खनारमा एक कार्यक्रमको आयोजना गर्दै सोसाइटीको उद्घाटन गरिएको हो । विज्ञान विषयमा विद्याार्थीहरुलाई ज्ञान तथा जानकारी दिने उद्देश्यले संस्था स्थापना गरिएको संस्थाका अध्यक्ष एलिस ढकालले जानकारी दिएका छन् ।

प्रदेश १ का सांसद लिलम बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा इटहरी–१२ का वडाअध्यक्ष हेमानन्द दाहाल, सुष्मा गोदावारी क्याम्पसमा भाइस प्रिन्सिपल बलराम पन्त, एभरेष्ट साइन्स सेन्टरका संचालक सुदिप विक्रम अधिकारीलगायत राजनीतिज्ञ, समाजसेवी तथा विभिन्न स्कुलका सञ्चालक, शिक्षक, विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमा विभिन्न विद्यालयका विद्यार्थीहरुले विज्ञानका विभिन्न विषयमा प्रस्तुति दिएका थिए ।

कार्यक्रममा बोल्दै सांसद लिलम बस्नेतले विद्यार्थीलाई व्यवहारिक ज्ञान दिने उद्देश्यले विद्यार्थीहरुले गरेको पहल प्रसंसनीय रहेको बताए । ‘हामीले पढ्दा विज्ञान विषय घोकेको भरमा परिक्षा दिने गथ्र्यौ,’ उनले भने, ‘तर विज्ञानको विषयमा प्रत्यक्षरुपमा ज्ञान पाउन सकिने गरी यसरी संगठित हुनु राम्रो कुरा हो ।’

उनले यस संस्थाका लागि आफ्नो तर्फबाट सम्पूर्ण सहयोग गर्न सधै तत्पर रहने प्रतिबद्धता जनाए ।

यस्तै कार्यक्रममा बोल्दै सुष्मा गोदावरी कलेजका शिक्षक बलराम पन्तले अध्यक्ष ढकालको प्रसंसा गरेका थिए । सानै उमेरमा नयाँ कार्य गर्ने सोँच राखेको बताउँदै आफूलाई लगाइएको माला खोलेर ढकाललाई लगाइदिएका थिए ।

त्यसैगरि वडासदस्य रुपेश बस्नेतले खनारकै इतिहास रच्ने कार्यक्रम भएको बताएका छन् । उनले विद्यार्थीलाई व्यवहारिक शिक्षा दिन जरुरी रहेको बताए । यस्तै उनले शिक्षक बन्ने योग्यता नपुगेका विद्यार्थीहरुलाई शिक्षक नबनाउन समेत अनुरोध गरेका छन् । योग्यता नपुगेका व्यक्तिहरुलाई शिक्षक बनाउदा विद्यार्थीहरुले राम्रो संग ज्ञान आर्जन गर्न नसक्ने उनले बताए ।

कार्यक्रमा लगभग दुई सयको हाराहारीमा विद्यार्थीहरुको उपस्थिति रहेको थियो । उक्त संस्थाले आगामी दिनमा विद्यार्थीहरुलाई विभिन्न किसिमका कार्यक्रमहरु गराउने र उनीहरुको प्रतिभा प्रस्फुटन गर्न सहयोग गर्ने अध्यक्ष ढकालले बताए ।