इटहरीमा घरपालुवा कुकुरको विभत्स हत्या गरेको आरोपमा तीन जना पक्राउ

Newslaya Home

इटहरीमा घरपालुवा कुकुरको विभत्स हत्या गरेको आरोपमा तीन जना पक्राउ

शनिबार २३, कार्तिक २०७६

इटहरी । इटहरी–१ स्थित हलगडामा बुधबार राती कुकुरको हत्या गरेको भन्दै प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सन्दिप राई, विशाल माझी र मनोज भण्डारी रहेका छन् । उनीहरुले खुकुरी आतंक मच्चाएर घरपालुवा कुकुरको हत्या गरेका थिए । स्थानिय मोहन बिश्वकर्माको घरमा पालेको जर्मन सेर्फड कुकुरलाई १२–१३ जनाको समूहमा आएका युवाहरुले घर तोडफोड गर्नुको साथै कुकुरको हत्या गरेका थिए ।

मोहनका छोरा आयुससँग कुकुर डुलाउदा एक युवासँग विवाद हुँदा सोही बिषयलाई लिएर घरमा ति युवा समूहले आक्रमण गर्नुको साथै कुकुरमाथि खुकुरी प्रहार गरेका थिए ।

बुधबार राती ७ बजेको समयमा खुकुरी, छुरा र कट्टी बोकेका युवाहरुले घर भित्र रहेका आयुसमाथि आक्रमण गर्ने प्रयास गरेका थिए । तर छोराले ढोका थुनेर ज्यान जोगाउन सफल भएको बताउँदै बुवा मोहनले पछि आक्रोशित युवाहरुले बाधेर राखेको कुकुरमाथि जथाभावी धारिलो हतियार प्रहार गरेको प्रहरीले बताएको छ ।