मंगलबार बंगलादेशका राष्ट्रपति नेपाल आउने

Newslaya Home

मंगलबार बंगलादेशका राष्ट्रपति नेपाल आउने

शनिबार २३, कार्तिक २०७६

काठमाडौं । बंगलादेशका राष्ट्रपति अब्दुल हमिद ४ दिने भ्रमणका लागि नेपाल आउने भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा हमिद मंगलबार (२६ गते) नेपाल आउने भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा हमिद पोखरा जानुका साथै समकक्षी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने भएका हुन् ।

राष्ट्रपति भण्डारीद्धारा हमिदको सम्मानका लागि रात्रीभोजको आयोजना गरिने भएको छ । हमिद ४ दिने भ्रमण पश्चात शुक्रबार स्वेदश फर्कने भएका छन् ।