अमिताभलाई फेसबुकले पोस्ट गर्ने अनुमति दिएन

Newslaya Home

अमिताभलाई फेसबुकले पोस्ट गर्ने अनुमति दिएन

शनिबार २३, कार्तिक २०७६

एजेन्सी । बलिउडका महानायक अमिताभ बच्चनले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्न नमिल्ने भएको छ ।

शुक्रबार राति अमिताभ फेसबुकमा केही पोस्ट गर्न खोज्दै गर्दा फेसबुकले उनलाई पोस्ट गर्ने अनुमति नदिएको हो ।

पछिल्लो समय सामाजिक सञ्जालमार्फत नै आफ्ना शुभचिन्तकहरुसँग जोडिदै र आफ्ना कुरा व्यक्त गर्दै आएका उनले कलार्य केही पोस्ट गर्न नसकेपछि शुभचिन्तकसँग माफी समेत मागेका छन् ।
फेसबुकले पोस्टका लागि अनुमति नदिनुका साथै ट्विटर, इन्स्टाग्राममा निकै सक्रिय रहने अमिताभ यिनै एकाउन्टका कारण कहिलेकाहीँ समस्यामा पर्ने गरेका हुन् ।

बलिउडका महानायकको परिचय बनाइसकेका अमिताभले पेसबुकले पटकपटक कोड मागेको कार झण्झड ब्योहोर्नु परेको बताएका छन् ।