इटहरीमा लालीगुरास होटल सन्चालनमा

Newslaya Home

इटहरीमा लालीगुरास होटल सन्चालनमा

शनिबार २३, कार्तिक २०७६

इटहरी । इटहरीमा लालीगुरास होटल एण्ड सेकुवा कर्नरले आफ्नो सेवा सुरु गरेको छ । इटहरी २ आपगाछीस्थित यातायात कार्यलय छेउ रहेको होटलको शनिबार उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेलले रिवन काटेर उद्घाटन गरेका थिए ।

उद्घाटनपछि बोल्दै संघ अध्यक्ष पौडेलले शुभकामना दिएका थिए । उनले इमानदारिता पुर्वक काम गरे सफल होइने बताउदै होटल व्यवसाय गर्दा स्वास्थ्यलाई ध्यान दिदै परिकारहरु तयार गर्न अनुरोध गरेका थिए ।

होटलका सञ्चालक कासिनाथ भण्डारीले पर्यटन व्यवसायलाई प्रवर्धन गर्ने उद्देश्यले होटल सञ्चालनमा ल्याएको जानकारी दिए । डेढ करोड रुपैयाँको लगानिमा सञ्चालनमा आएको होटलमा सबै प्रकारका खानाका परिकार पाउने उनले बताए ।

यस्तै होटल अर्का सञ्चालक रुद्रप्रसाद ढकालका अनुसार होटलमा तेहथुमको स्पेसल लोकल कुखुरा, खसि, बोकाका साथै पारिवारिक वातावरणमा सबै प्रकारको परिकारहरु पाउन सकिने जानकारी दिए । उनले पार्किङ्को समेत राम्रो व्यवस्था रहेको बताए ।

होटल कासिनाथ भण्डारी, रुद्रप्रसाद ढकाल, गोविन प्र लिम्बु, दुर्गा ब लिम्बुको संयुक्त लगानीमा सन्चालनमा आएको हो ।