बाबरी मस्जिद–राम मन्दिरको विवाद, हिन्दूको पक्षमा सर्वोच्चको फैसला

Newslaya Home

बाबरी मस्जिद–राम मन्दिरको विवाद, हिन्दूको पक्षमा सर्वोच्चको फैसला

शनिबार २३, कार्तिक २०७६

काठमाडौं । भारतीय इतिहासको लामो हिस्सासम्म विवादमा रहेको राम जन्मभूमि–बाबरी मस्जिद विवादको मुद्दा किनारा तर्फ मोडिएको छ ।

४० दिनसम्मको लगातार सुनुवाइ १६ अक्टोबरमा सकिएको उक्त विवादको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले शनिबार९आज० हिन्दूको पक्षमा फैसला सुनाएको हो

भारतीय अदालतले यो विवादबारे मंगलबारबाट अन्तिम फैसला सुनाउनका लागि सुनुवाइ गर्न तय भएपनि प्रधानन्यायाधीश गोगोई र न्यायाधीद्वय संजयकिशन कौल र केएम जोसेफको इजलासले कात्तिकमा आजका लागि इजलास तोकेको हुन् ।

७० वर्षदेखि एकपछि अर्को अदालतमा चलिरहेको २.७७ एक्कड जमिनको विवादमा भारतीय सर्वोच्च अदालतले मुद्दाको फैसला गर्न बाँकी राखेको थियो ।
पछिल्लो पटक सेप्टेम्बर ३०, २०१० मा इलाहाबाद हाइकोर्टले विवादित जमिन तीन भागमा विभाजन हुने फैसला सुनाए पछि उक्त फैसलाविरुद्ध हिन्दु र मुस्लिम पक्षले सर्वोच्चमा पुनरावेदन गरेका थिए ।

१९४९ मा मस्जिदभित्र लुकाएर मूर्ति राखिएबाट सुरु भएको विवादमा ६० वर्षपछि सर्वोच्चले यस्तो फैसला सुनाएको हो । साथै मस्जिदका लागि छुट्टै जमिन दिन आदेश दिइएको छ ।