मोदीको आलोचना गर्ने पत्रकार तासीरको गैरआवासीय नागरिकता खारेज

Newslaya Home

मोदीको आलोचना गर्ने पत्रकार तासीरको गैरआवासीय नागरिकता खारेज

शनिबार २३, कार्तिक २०७६

काठमाडौं । भारतले प्रधानमन्त्री नरेन्द्र मोदीको विषयमा आलोचनात्मक समाचार लेखेका पत्रकार तथा लेखक आतीश अली तासीरको ओभरसिज सिटिजन अफ इन्डिया (ओसीआई) खारेज गरिदिएको छ ।

भारतको गृह मन्त्रालयले नागरिकता ऐन, १९५५ अनुसार तासीरको ओसीआई खारेज गरेको जनाएको छ । ओसीआई कार्ड भारतीय मूलका विदेशीले पाउने नागरिकतासरह मानिन्छ ।

तासीरले गत बैशाखमा अमेरिकाको प्रतिष्ठित पत्रिका टाइम म्यागजिनमा मोदीको विषयमा समाचार लेखेका थिए । ‘इन्डियाज डिभाइडर इन चिफ (महाविभाजनकारी) शीर्षकमा सात महिना पहिले प्रकाशित समाचारकै कारण तासिरको ओसीआई रद्द गरिएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।