आर्थोस्कोपी सोसाईटीको दोश्रो अन्तराष्ट्रिय सम्मेलन

Newslaya Home

आर्थोस्कोपी सोसाईटीको दोश्रो अन्तराष्ट्रिय सम्मेलन

शनिबार २३, कार्तिक २०७६

काठमाडौं । काठमाडौंमा आर्थोस्कोपी सोसाईटीको दोश्रो अन्तराष्ट्रिय सम्मेलन भएको छ ।

भारतबाट ६, बेलायतबाट १ जना तथा नेपालबाट करिब २० जना विशेषज्ञ चिकित्सकहरुको सहभागिता यही कार्तिक २२ र२३ गते आर्थोस्कोपी सोसाईटी अफ नेपालले दोश्रो अन्तराष्ट्रिय सम्मेलन गरेको हो ।

घुँडाको नसा च्यातिएमा, चुँडिएमा, कुर–कुरेहाडको समस्या, हिप दुख्ने, खुट्टाको जोर्नीका समस्या समाधानका लागि आर्थोस्कोपी महत्वपूर्ण हुन्छ ।
तसर्थ हाडजोर्नी विशेषज्ञहरुको विशेष सहभागिता रहेको यस सम्मेलनमा आर्थोस्कोपी तथा स्पोर्टस् मेडिसिनको विषयमा छलपलमा गरि यसको प्रबद्र्धनका लागि आवश्यक मार्ग पहिचान हुने सोसाईटीका अध्यक्ष डा शिशिर लाखेले बताए ।

सम्मेलनमा नेपाली खेलकुद क्षेत्रमा योगदान पुर्याएका चिर्चित खेलाडी बैकुण्ठ मानन्धर, बडि बिल्डर महेश्वर महर्जन, नेपालको पहिलो महिला रेस्लर भगवती खड्का, साथै फुटबल खेलाडी नवयुग श्रेष्ठलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।