भारतले कालापानीवारि पनि मन्दिर बनाउन दिएन

Newslaya Home

भारतले कालापानीवारि पनि मन्दिर बनाउन दिएन

शनिबार २३, कार्तिक २०७६

दार्चुला । भारतले कालापानी वारि पनि मन्दिर बनाउन रोक लगाएको छ । कलपानी क्षेत्रका स्थानीय ब्यासी समुदायलाई मन्दिर बनाउन भारतले रोक लगाएको हो । कालापानी क्षेत्र ब्यासी समुदायको परम्परागत पवित्र भूमि हो ।

महाकाली नदीमा भारतीय पक्षले सैन्य शिविर खडा गरेको छ । त्यहाँ ब्यासी समुदायलाई प्रवेश निषेध छ । त्यसैले उनीहरुले अतिक्रमित क्षेत्रभन्दा करिब २ सय मिटरवरै एउटा मन्दिर बनाउन चाहे । त्यसको निर्माणमा भारतीय सुरक्षाकर्मीले अवरोध खडा गरेका हुन् ।

कालापानी दार्चुलाको सबभन्दा उत्तरी ब्यास गाउँपालिका, वडा नम्बर १ मा पर्छ । त्यस मुन्तिरको पहिलो गाउँ छाङरुका बासिन्दालाई पूजा गर्न सजिलो होस भनेर कालापानीमा काली मन्दिर बनाउन ब्यास गाउँपालिकाले ४ लाख रुपैंयाँ विनियोजन गरेको छ । स्थानीय भारतीय अर्धसैन्य बलको अतिक्रमणमा परेको क्षेत्रभन्दा २ सय मिटरवरै मन्दिर बनाउन खोजेका हुन् ।

मन्दिर निर्माण थाल्नुअघि उनीहरु कालापानीमा रहेका भारतीय सुरक्षाकर्मीलाई त्यसबारे जानकारी दिन गएका थिए । काम थालिसकेपछि समस्या उत्पन्न हुनसक्ने आशंकामा आफूहरु सीमामा तैनाथ भारतीय सुरक्षाकर्मीलाई सोध्न गएको उनीहरुको भनाइ छ ।