पोखरामा नेपालकै ठूलो बायोग्यास प्लान्ट

Newslaya Home

पोखरामा नेपालकै ठूलो बायोग्यास प्लान्ट

शनिबार २३, कार्तिक २०७६

काठमाण्डौ । पोखरामा युवाहरुले फोहोरबाट बायोग्यास निकाल्न शुरु गरेका छन् । युवाहरुको सक्रियतामा मजुवामा गण्डकी उर्जा प्रालि स्थापना गरेर चार महिना अघि देखी बायोग्यास उत्दान गरेका हुन् ।

उर्जा प्रालिले अहिले दैनिक ९ सय केजी ग्यास उत्पादन गर्दै आएको छ । उत्पादित ग्यास पोखराको बजारमै खपत हुनेगरेको छ । । दैनिक १२ सय किलो ग्यास उत्पादन गर्ने क्षेमता भएको कम्पनीसँग अहिले ठूला र साना गरी झण्डै ५ सय सिलिण्डर छन् । सिलिण्डर १२ केजी र ६.५ केजी तौल ग्यास अटाउने क्षमताका छन् ।

ग्यास उत्पादनको लागि गोबर, कुखुराको सुली, रस निकालिएको उखु तथा फालिएको तरकारीलाई प्रयोग गरिने ग्यास निकालिएको उनले सुनाए ।
ल्याण्डफिल साईटमा फालिने कुहिने बस्तुलाई छुट्टाएर कम्पनीले प्रयोगमा ल्याउने गरेको छ ।

कम्पनीले बायोग्यास सहित जैविक मल समेत उत्पादन गरेको छ । ग्यास प्रतिकिलो १ सय रुपैयाँ विक्री वितरण गर्दै आएको छ । जैविक मल भने प्रतिकेजी १० रुपैयाँमा उपलब्ध गराइने प्रालिले जनाएको छ ।