सडकमा नवनिर्मित वडा कार्यालय पुनः भत्काइयो

Newslaya Home

सडकमा नवनिर्मित वडा कार्यालय पुनः भत्काइयो

शनिबार २३, कार्तिक २०७६

जनकपुर । सडकमै निर्माण गरिएको जनकपुरधाम उपमहानगरपालिका–२१ को वडा कार्यालय भत्काइएको छ ।

शुक्रबार वडा कार्यालय पूर्ववडाध्यक्ष पक्ष र स्थानीयवासी तथा सरोकारवाला पक्षबीच सम्झौता भएपछि सडक डिभिजन कार्यालय जनकपुरले प्रहरीको टोली साथै स्थानीयको सहयोगमा उक्त कार्यालय भत्काएको हो ।

सामुदायिक विद्यालय भत्काई सडकमै वडा कार्यालय निर्माण गरेपछि वडा अध्यक्ष रामेश्वर महासेठ र जनकपुर उपमहानगरका मेयर लालकिशोर साहको विरुद्धमा स्थानीयवासीले पटक–पटक आन्दोलन गर्दै आएका थिए ।

स्थानीयवासीले सडकमा निर्माण गरिएको वडा कार्यालय नभत्काएसम्म निर्माण कार्य नै अवरुद्ध गरेपछि सो वडा कार्यालय पूर्णरुपले भत्काइएको स्थानीय युवा शम्भु झा निर्दोषिले बताए ।