भोली प्रदेश नं २ मा सार्वजनिक बिदा

Newslaya Home

भोली प्रदेश नं २ मा सार्वजनिक बिदा

शनिबार २३, कार्तिक २०७६

जनकपुर । आइतबार (भोली) प्रदेश नं २ सरकारले  सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

भोली अर्थात कात्तिक २४ गते आइतबार मुस्लिम धर्मावलम्बीहरुको धर्म प्रवर्तक मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मजयन्तीका अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मोहम्मद पैगम्बरको १४३९औँ जन्मजयन्तीका अवसरमा प्रदेश, देश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गर्दै बिदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।