जापानमा ट्रकको ठक्करबाट एक नेपाली विद्यार्थीको मृत्यु

Newslaya Home

जापानमा ट्रकको ठक्करबाट एक नेपाली विद्यार्थीको मृत्यु

शनिबार २३, कार्तिक २०७६

काठमाण्डौ । अध्ययनका लागि तीन महिनाअघि जापान गएका एक नेपाली विद्यार्थीको मृत्यु भएको छ।

जापानको सेन्दाइको मियागिनो वार्डमा साइकलमा जेब्रा क्रसिङ गरिरहेका कास्की, हेम्जाका २६ वर्षीय चिरञ्जिवी गिरलाई ट्रकले ठक्कर दिएको जनाइएको छ । दुर्घटनामा गम्भीर घाइते भएका गिरीलाई नजिकैको अस्पताल पु¥याइएको थियो । अस्पताल पु¥याउँदा चिकित्सकहरुले उनलाई मृत घोषणा गरेका थिए।

ठक्कर दिने ट्रक ड्राइभरलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ। गिरी गत जुलाईमा स्टुडेन्ट भिसामा जापान गएका थिए ।