भरतपुर अस्पतालमा एक युवकले गरे आत्महत्या

Newslaya Home

भरतपुर अस्पतालमा एक युवकले गरे आत्महत्या

शनिबार २३, कार्तिक २०७६

चितवन । चितवनको भरतपुर अस्पतालमा एक युवकले झुण्डिएर आत्महत्या गरेको छ ।

शुक्रबार राती अस्पतालको छतमा लम्जुङ दुधपोखरी गाउँपालिका–२ घर भएका २७ वर्षीय विष्णु बहादुर सुनारको शव झुण्डिएको अवस्थामा फेला परेको हो । 

तीन महिनाअघि सुत्केरी भएकी श्रीमतीलाई उपचारको लागि कात्तिक १७ गते भरतपुर अस्पताल ल्याएकका सुनारले गएराति घाँटीमा गलबन्दी जस्तो सलको पासो लगाइ झुण्डिएर आत्महत्या गरेका हुन् ।
चिकित्सकहरुले आईसीयूमा राखेर उपचार गर्नुपर्ने बताएका श्रीमतीको अवस्था जटिल बन्दै गएपछि सासुसहित अस्पताल आएका सुनारले आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थलको मचुल्का उठाई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए ।