एन्फाले गर्याे महिला फुटबल टिमको घोषणा

Newslaya Home

एन्फाले गर्याे महिला फुटबल टिमको घोषणा

शनिबार २३, कार्तिक २०७६

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साग खेल्ने महिला टोलीको घोषणा गरेको छ ।

शनिबार मुख्य प्रशिक्षक हरी खड्काले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) खेल्नका लागि २० सदस्यीय फुटबल टोली घोषणा गरेका हुन् ।

नेपाली टोलीको गोल रक्षकमा एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ साथै फरवार्डतर्फ सावित्रा भण्डारी, निरु थापा र अनिता केसी रहेका छन् । यस्तै डिफेन्समा पुजा राना, मनमाया लिम्मु, कबिता धिमाल, पुजा जर्घामगर, गिता राना पर्न सफल भएका छन् । भने मिडफिल्डमा बिमला चौधरी, मञ्जलीकुमारी योञ्जन, अनिता बस्नेत, ईन्द्र राई, सरु लिम्बु, दिपा राई र रेनुका नगरकोटी रहेका छन् ।