तेह्रथुममा अरिङ्गालको टोकाईबाट एक बालकको ज्यान गयो

Newslaya Home

तेह्रथुममा अरिङ्गालको टोकाईबाट एक बालकको ज्यान गयो

शनिबार २३, कार्तिक २०७६

तेह्रथुम । तेह्रथुमको सोल्मा स्थित अरिङ्गालको टोकाईबाट एक बालकको मृत्यु भएको छ ।

शुक्रबार बिहान आफ्नै बारीमा खेलीरहेको अवस्थामा अरिङ्गालले टोक्दा लालिगुरांस नगरपालिका–९ सोल्मा घर भएका नेत्र बहादुर लिम्बुको ३ वर्षीय छोरा निक्सेन लिम्बुको ज्यान गएको हो ।

अरिङ्गालले शरीरको विभिन्न भागमा टोकेर घाईते बनेका उनको जिल्ला अस्पताल तेह्रथुममा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।