छिन्ताङमा मारिनेका परिवारलाई जनही ५ लाख

Newslaya Home

छिन्ताङमा मारिनेका परिवारलाई जनही ५ लाख

शनिबार २३, कार्तिक २०७६

विराटनगर । प्रदेश १ सरकारले छिन्ताङ घटनाका शहिद परिवारलाई प्रतिपरिवार ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

२०३६ सालमा तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापाको नेतृत्वमा भएको हत्याकाण्डमा मारिएका १६ जनाको परिवारलाई राहत दिने प्रदेश सरकारले निर्णय गरेको आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिए।

यस्तै प्रदेशको मन्त्रिपरिषद् बैठकले मोरङ, झापा, पाँचथर, धनकुटा, ओखलढुंगा र उदयपुरमा प्रदेश लेखा नियन्त्रण कार्यालयअन्तर्गत रहने गरी प्रदेश लेखा इकाइ स्थापना पर्ने निर्णय गरेको छ।

बैठकले कार्तिक २९ गते अन्तर्राष्ट्रिय चलचित्र महोत्सव धरानमा आयोजना गर्नेलगायतका निर्णयसमेत गरेकोछ ।