दुई महिनापछि बथनाहा–कटहरी रेलमार्ग निर्माणको काम पुनः सुरु

Newslaya Home

दुई महिनापछि बथनाहा–कटहरी रेलमार्ग निर्माणको काम पुनः सुरु

शनिबार २३, कार्तिक २०७६

काठमाडौं । भारतको बथनाहादेखि मोरङको कटहरी जोड्ने रेलमार्ग निर्माणको काम दुई महिनापछि पुनः सुरु गरिने भएको छ ।

विराटनगर–१८, बुधनगरको लावाघाटसम्म आई पुगेपछि सात महिना अघिदेखि रोकिएको रेलमार्ग निर्माणको काम पुनः सुरु हुने भएको हो ।

रेलमार्ग विस्तारको दोस्रो खण्ड अन्तर्गत बुधबार लावाघाटदेखि कटहरीतर्फको आठ किलोमिटर दूरीको काम अघि बढाइएको निर्माण जिम्मेवारी पाएको भारतीय कम्पनी इरकोनका प्रतिनिधि दीपक कुमारले जानकारी दिएका छन् ।