सेनाको प्रमाणपत्र छानबिन गर्दा गर्दै दुई मेजर जर्नेलले दिए राजीनामा

Newslaya Home

सेनाको प्रमाणपत्र छानबिन गर्दा गर्दै दुई मेजर जर्नेलले दिए राजीनामा

शनिबार २३, कार्तिक २०७६

काठमाडौं । नेपाली सेनाको नागरिकता र शैक्षिक प्रमाणपत्र छानबिन प्रक्रिया अघिबढेपछि दुई उच्च अधिकारीले पदबाट राजीनामा दिएका छन् ।

सेनामा लामो समयसम्म लेखा प्रमुखको जिम्मेवारीमा रहेका उपरथी (मेजर जर्नेल) भुवन अधिकारी र सिरिया फोर्स कमाण्डका अस्थायी नियुक्ति पूरा गरी फर्केका अर्का उपरथी शिवराम खरेलले राजीनामा दिएका हुन् ।

स्रोतका अनुसार उनीहरुको नागरिकता र शैक्षिक प्रमाणपत्रका विषयमा जंगी अड्डामा परेको उजुरीमा छानबिन भइरहेको छ । अधिकारीको राजीनामापत्र मन्त्रिपरिषदवाट स्वीकृत भइसकेको छ । उनीमाथी शक्तिको आडमा लामो समयदेखि लेखा प्रमुखमा रहेर आर्थिक अनियमितता गरेको आरोपसमेत लागेको छ ।