भारतले शनिबार बिहानै बन्द गर्‍यो नेपालगञ्ज नाका

Newslaya Home

भारतले शनिबार बिहानै बन्द गर्‍यो नेपालगञ्ज नाका

शनिबार २३, कार्तिक २०७६

नेपालगञ्ज । भारतले नेपालगञ्ज नाका बन्द गरेको छ। शनिबार बिहानैदेखि भारतले नाका सील गरेको हो । नेपाली अधिकारीलाई पछि मात्रै मौखिक जानकारी दिइएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले नाका बन्द गरेकोबारेमा औपचारिक रुपमा जानकारी नआएको बताए । ‘उनीहरुको आज राम मन्दिरबारेको फैसला छ रे । त्यही भएर नाकामा कडाई गरेका छन् ।’ प्रमुख जिल्ला अधिकारी खड्काले भने ।

भारतीय प्रहरीले ‘सुरक्षाको दृष्टिकोण’ ले एक्कासी नाका सील गर्नु परेको बताएको छ ।

भारतको सुप्रिमकोर्टले शनिबार अयोध्याको राम मन्दिर–बाबरी मस्जिद विवादको मुद्दामा फैसला सुनाउने भएकाले भारतीय अधिकारीले नाका सील गरेको बताइएकोछ ।

भारतीय प्रहरीले नेपालबाट कोहीलाई पनि प्रवेश गर्न दिएका छैनन् । बिरामी बोकेका एम्बुलेन्सलाई मात्रै जान दिएका छन् ।

बिहान एक्कासी नाका बन्द गरिएपछि नाकामा पुगेका नेपालीहरु अलपत्र परेका छन् ।