कोशी ब्यारेज स्थित मृत गोही फेला

Newslaya Home

कोशी ब्यारेज स्थित मृत गोही फेला

शुक्रबार २२, कार्तिक २०७६

सप्तरी । सप्तरीको भारदहस्थित कोशी ब्यारेज नजिकै मृत गोही फेला परेको छ ।

पाँच फिट लामो देखिने करिब ७० किलोको लोपोन्मुख प्रजातिको गोही हनुमाननगर कङकालनी नगरपालिका–१ स्थित कोशी ब्यारेजमा मृत गोही भेटिएको हो ।

भारदहस्थित मरेको अवस्थामा गोही फेला परेपछि स्थानीयवासीले प्रहरीलाई गरेका थिए । नदीले बगाएर ल्याएको उक्त मृत गोहीलाई कोशीटप्पु वन्यजन्तु आरक्ष पश्चिम कुशाहाको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।