सरकारी मोटरसाइकलमा लागुऔषध ल्याउँदै गरेका एक व्यक्ति पक्राउ

Newslaya Home

सरकारी मोटरसाइकलमा लागुऔषध ल्याउँदै गरेका एक व्यक्ति पक्राउ

शुक्रबार २२, कार्तिक २०७६

विराटनगर । भारतीय बजार जोगवनीदेखि सरकारी मोटरसाइकलमा लागुऔषध ल्याउँदै गर्दा एक व्यक्ति पक्राउ परेका छन् ।

राजविराज नगरपालिका– २ राजदेव टोल घर भएका २६ वर्षीय कपिल यादवलाई विराटनगर महानगरपालिका–१५ स्थित भन्सार कार्यालयको एक नम्बर ढाटबाट पक्राउ गरिएको हो ।

स १ ब १४१० नम्बरको सरकारी मोटरसाइकलमा लागुऔषध सहित पक्राउ परेका यादव डिभिजन वन कार्यालय उदयपुरका अधिकृत सत्यनारायण यादवको छारा रहेको प्रहरीले जनाएको छ ।
सरकारी नम्बर प्लेटको मोटरसाइकलमा लागुऔषधसहित यादवलाई गत आइतबार नै प्रहरीले पक्राउ गरे पनि सार्वजनिक गरिएको थिएन ।

उक्त घटनाको सार्वजानिक भए सँगै प्रहरीले पनि वास्ता नगर्ने र कोही कसैले सहजै शंका नगर्ने भएका कारण भारतबाट हुने लागुऔषध तस्करीमा सरकारी मोटरसाइकल प्रयोग गरिन थालेको डीएसपी खिँउजुले बताए ।

डाइजेल्याब ८, एभिल ८ र लुपिजेसिक ८ गरेर २४ एम्पुल लागुऔषध सहित पक्राउ परेका यादव विरुद्ध लागुऔषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको खिँउजुले जानकारी दिए ।