विराटनगरमा ‘जेसीस सप्ताह’ मनाइँदै

Newslaya Home

विराटनगरमा ‘जेसीस सप्ताह’ मनाइँदै

शुक्रबार २२, कार्तिक २०७६

विराटनगर । विराटनगर जेसीसले यही शनिबार देखि सप्ताव्यापी कार्यक्रमको आयोजना गर्ने भएको छ ।

नेपाल ‘भ्रमण वर्ष २०२०’ लाई सफल बनाउने उद्देश्यले सरकारको धेरैभन्दा धेरै पर्यटक भित्रयाउने लक्ष्य सफल बनाउन जेसीसद्धारा महत्वपूर्ण कार्यक्रम गर्न लागिएको हो ।

कार्तिक २९ गते समापन हुने गरि सञ्चालन गर्न लागिएको सप्ताहको पहिलो दिन शनिबार प्रदेश १ भरी रहेको पर्यटकीय स्थलको प्रचार–प्रसार गर्ने कार्यक्रम रहेको छ । दैनिक कार्यक्रमका साथै कात्तिक २८ गते विशेष गरि युवा व्यवसायीहरूलाई ‘व्यावसायिक तालिम’ पनि दिने भएको छ ।
यस्तै स्टेशनसरीका सामग्री वितरण, अन्तर स्कुल ट्यालेन्ट प्रतियोगिता, ट्राफिक सचेता मुलक कार्यक्रम समेत समावेश गरिएको सप्ताहव्यापी कार्यक्रमको मुख्य संयोजक उज्जल खरेलले बताए ।

विगतका वर्षहरूमा भन्दा यस पटक जेसीसको सप्ताहव्यापी कार्यक्रम फरक तरिकाले मनाउन लागिएको बारेमा बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरि विराटनगर जेसीसले जनाएको छ ।
करिब तीन लाखको लागतमा आयोजित सप्ताहव्यापी कार्यक्रम विभिन्न क्षेत्रका तीन युवाहरूलाई सम्मान गरि समापनमा गरिने संस्थाका अध्यक्ष सेवक बजगाईले जानकारी दिए ।