भोजपुरमा बसले किच्दा सह–चालकको मृत्यु

Newslaya Home

भोजपुरमा बसले किच्दा सह–चालकको मृत्यु

शुक्रबार २२, कार्तिक २०७६

भोजपुर । भोजपुरको चखेवा स्थित बसले किचेर एक जनाको ज्यान गएको छ ।

बिहिबार साँझ बा ४ ख ८५५९ नम्बरको बस भोजपुरबाट चखेवा पुर्याई रोकीराखेको समयमा पछाडी बाट ओट लाउँदै गर्दा बस ब्याक भई किच्दा ट्याम्केमैयुम गाउँपालिका–२ घर भएका २४ वर्षीय बिकाश राईको मृत्यु भएको हो ।

राई सोही बसमा सह–चालकको रुपमा रहेको र घटनास्थलबाटै प्रहरीको टोलीले बस चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।