झापामा करेन्ट लागेर एक जना मृत्यु

Newslaya Home

झापामा करेन्ट लागेर एक जना मृत्यु

शुक्रबार २२, कार्तिक २०७६

झापा । झापाको कैजेरे स्थित करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

बिहिबार दिउँसो आफ्नै घरको विद्युत जोड्ने क्रममा तार सर्ट हुँदा अर्जुनधारा नगरपालिका–३ कैजेरे घर भएका ५६ बर्षीय खम्ब बहादुर सेन्चुरीको ज्यान गएको हो ।

अचानक करेन्ट लागे पछि घाईते भएका सेन्चुरीलाई उपचारको लागि शनिश्चरेको शंकर अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाउनासाथ प्रहरीको टोली घटनास्थलमा पुगेर थप अनुसन्धान थालिएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।