नवजात शिशु गाडेको आरोपमा १५ वर्षीया आमा पक्राउ

Newslaya Home

नवजात शिशु गाडेको आरोपमा १५ वर्षीया आमा पक्राउ

बिहीबार २१, कार्तिक २०७६

विराटनगर । मोरङको कानेपोखरी स्थित आफ्नै नवजात शिशु मारेर गाड्ने १५ वर्षीय बालिकालाई पक्राउ गरिएको छ ।

मंगलबार स्थानीय मेनुका दवाडीको घर पछाडी रहेको करेसाबारीमा सात महिनाको शिशुको शव करिब एकफिट खनेर गाडिएको अवस्थामा फेला परे पछि घटनाको बारेमा अनुसन्धान थालिएको थियो ।

गाडिएको अवस्थामा भेटिएको शिशुकी आमा कानेपोखरी गाउँपालिका–६ घर भएकी १५ वर्षीया बालिका भएको पुष्टी भएपछि बिहीबार प्रहरीले पक्राउ गरेको हो । तर शिशुको बुवा को हो भनेर पत्ता नलागेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

शिशुको शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारे अस्पताल लगिएको र पक्राउ परेकी बालिकाको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि विराटनगरको कोसी अस्पताल लगिएको ईलाका प्रहरी कार्यालय पथरीका इन्सपेक्टर रामबहादुर ढकालले जानकारी दिए ।