रुपाली विद्यालयका प्रअ बसमा मृत भेटिए

Newslaya Home

रुपाली विद्यालयका प्रअ बसमा मृत भेटिए

बिहीबार २१, कार्तिक २०७६

बाजुरा । बाजुराको बूढीगङ्गा नगरपालिका– ४ स्थित मौरे प्रहरीचौकीमा बस जाँच गर्ने क्रममा एक व्यक्ति मृत अवस्थामा फेला परेको छ ।

बुधबार कैलालीको धनगढीबाट बाजुरा मार्तडीका लागि छुटेको ना ६ ख १७९२ नं. को बसमा बिहीबार बिहान चेकजाँच गर्ने क्रममा रुपाली आधारभूत विद्यालयका प्रधानाध्याक दलबहादुर शाही मृत अवस्थामा भेटिएको हो ।

हिमाली गाउँपालिका–७ घर भएका प्रधानाध्यापक शाही बर्खे बिदा सकेर विद्यालय सञ्चालनका लागि फर्किदै गरेको जनाइएको छ ।
मृतक शाहीको शव अहिले परीक्षणको लागि जिल्ला अस्पताल बाजुरा लगिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।