भारतीय अतिक्रमणविरुद्ध विराटनगरमा प्रदर्शन

Newslaya Home

भारतीय अतिक्रमणविरुद्ध विराटनगरमा प्रदर्शन

बिहीबार २१, कार्तिक २०७६

मोरङ । विराटनगरका युवाहरुले स्वतन्त्र युवा समूहको नाममा भारतले गरेको भूमि अतिक्रमणको विरोध गर्दै सीमा नाका रानीमा प्रदर्शन गरेका छन् ।

भारतले नेपाली भूमि आफ्नो नक्शामा समावेश गरी सार्वजनिक गरेको विरोधमा बिहीबार विराटनगरस्थित भारतीय सीका नाका रानीमा प्रदर्शन गरिएको हो । उनीहरुले भन्सार गेट अगाडि प्रदर्शन गर्दै तत्काल नक्शा सच्याउन भारत सरकारलाई आग्रह गरेका छन् ।

युवाहरुले पश्चिम नेपालको लिपुलेक, कालापानी, लिम्पियाधुरालगायतको अतिक्रमित क्षेत्र फिर्ता गर्न माग गरेका छन् । भारतले नेपालको भू–भाग आफ्नो भएको दाबीसहित नयाँ नक्शा सार्वजनिक गरेपछि सरकारले भारतको नयाँ नक्शालाई स्वीकार नगर्ने जनाएको छ ।