किरात याक्थुङ चुम्लुङ इजरायलद्वारा करेन्ट लागेर घाइते भएकालाई आर्थिक सहयोग

Newslaya Home

किरात याक्थुङ चुम्लुङ इजरायलद्वारा करेन्ट लागेर घाइते भएकालाई आर्थिक सहयोग

बिहीबार २१, कार्तिक २०७६

पथरी । किरात याक्थुङ चुम्लुङ इजरायलको सहयोगमा करेन्ट लागेर घाइतेको उद्धार गरिएको छ ।

करेन्ट लागेर घाइते बनेका मोरङ्गको पथरी शनिश्चरे–९ घर भएका चन्द्र दर्जीलाई उद्धारको लागि इजरायलबाट सहयोग जुटाइएको हो ।

घरायसी काम गर्ने क्रममा करेन्ट लागदा शख्त घाइते बनेका दर्जीलाई उपचारको लागि अस्पताल भर्ना गरिएको थियो । उपचार सफल भए पनि अस्पतालमामा तिर्ने आर्थिक अभावका कारण घर र्फकन समस्या भए पछि किरात याक्थुङ चुम्लुङ इजरायलले ५१ हजार ६ सय ४२ रुपैयाँ सहयोग गरेको छ ।

किरात याक्थुङ चुम्लुङ इजरायलकी उपाध्यक्ष नुमा काङ्वा लिम्बुको पहलमा ५१ हजार ६ सय ४२ रुपैयाँ संकलित रकम पिडित परिवारलाई हस्तान्तरण गरिएको हो । काठमाडौको किर्तिपुर अस्पतालमा उपचार भइरहेको दर्जीको करेन्ट लागेर हात र छातिमा गहिरो चोट लागेको हुँदा एउटा हात काट्नु परेको छ । पथरीशनिश्चरे वडा नं. १० का वडाध्यक्ष सागर राई साथै स्थानिय छिमेकीहरुको सहयोगमा उपचार भईरहेका उनलाई डिस्चार्जको लागि ७० हजार रुपैयाँ बुझाउनु पर्ने भएको थियो ।

५५ लाखको अक्ष्ययकोष खडा गरि दिन दुखीको सहयोग गर्दै आएको किरात याक्थुङ चुम्लुङ इजरायलले पुर्वी नेपालको मोरङ, झापा, सुनसरी, ताप्लेजुङ, पाँचथर, तेह्रथुम र इलाममा गरि १३ जना बालबालिकालाई अध्यायन गराउनका साथै नेपालको बिभिन्न स्थामा उदारणिय सहयोग गर्दै आएको उपाध्यक्ष नुमा काङ्वाले बताए ।