सिरहामा घाँटी रेटेर एक जानको हत्या

Newslaya Home

सिरहामा घाँटी रेटेर एक जानको हत्या

बिहीबार २१, कार्तिक २०७६

सिरहा । सिरहामा घाँटी रेटेर हत्या गरेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । सिरहा –१२ सारसर बेल्हास्थित कमला नदीको पूर्वी तटबन्धको पूर्वपट्टि शव फेला परेको प्रहरीले जनाएको छ ।

घाँटी काटेर पुरुषको हत्या गरी फालेको अनुमान प्रहरीको छ। बिहीबार बिहान स्थानीयहरू घरबाहिर निस्कँदा लास देखेपछि प्रहरीलाई खबर गरेका थिए। करिब ५० वर्षीय देखिने ती पुरुषको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाको टोलीले घटनाबारे अनुसन्धान गरिरहेको छ भने शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल लगिएको छ।