ईलाममा एक वृद्धाको लडेर मृत्यु

Newslaya Home

ईलाममा एक वृद्धाको लडेर मृत्यु

बिहीबार २१, कार्तिक २०७६

ईलाम । ईलामको सोयाङ पूर्व स्थित भिरबाट लडेर एक वृद्धाको मृत्यु भएको छ ।

बुधवार बिहान घाँस काट्न गएका जोगमाई गाउँपालिका–५ घर भएका ६० वर्षीय टेक बहादुर खड्का मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

खड्का अबेर समय सम्म घर नफर्के पछी खोजतलास गर्ने क्रममा घर देखि करिव १०० मिटर पुर्वमा रहेको भिर मुनी मृत अवस्थामा फेला परेका थिए ।
घटनाको जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय नयाँ बजारबाट प्रहरी टोली घटनास्थलमा पुगेर कानूनी प्रकृया थालिएको हो ।

उक्त शव परिक्षणको लागि जिल्ला अस्पताल ईलाम पठाएको र घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।