उदयपुरमा स्कुल बसको ठक्करबाट एक बृद्धाको मृत्यु

Newslaya Home

उदयपुरमा स्कुल बसको ठक्करबाट एक बृद्धाको मृत्यु

बिहीबार २१, कार्तिक २०७६

उदयपुर । उदयपुरको बेल्टारमा स्कुल बसको ठक्करबाट एक बृद्धाको मृत्यु भएको छ ।

बिहीबार बिहान बेल्टारबाट बिरेन्द्र बजारतर्फ जाँदै गरेको पारुहाङ एकेडेमी स्कुलको ना ४ ख ८१३४ नम्बरको बसले वडा नम्बर ८ की ६० वर्षीया नम्रता थापालाई ठक्कर दिंदा मृत्यु भएको हो ।

बसको ठक्करबाट घाइते भएकी थापालाई उपचारको लागी प्राथामिक स्वास्थ्य केन्द्र बेल्टार लैजानसाथ चिकित्सकले मृत्यु घोषणा गरेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाइएको छ ।