धरानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

Newslaya Home

धरानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

बिहीबार २१, कार्तिक २०७६

धरान । निर्वाचन आयोग सुनसरीले धरानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।

आगामी मंसिर १४ गते हुन लागेको स्थानीय तहको उप निर्वाचनमा धरान उपमहानगरपालिकामा रिक्त रहेको नगरप्रमुख साथै वडा नं. ७ को वडाध्यक्षको निर्वाचनलाई लक्षित गरी धरान–१५ रेयुकाइको भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

नेपाल सरकारकाले रिक्त भएका स्थानमा निर्वाचनको मिति तय गरेसंगै निर्वाचनका गतिविधि सहज रुपमा सञ्चालन गर्नका लागि धरानमा समेत मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन सहायक अधिकृत निधिरत्न दाहालले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी राजेश पौडेल, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख यज्ञविनोद पोख्रेल, इलाका प्रशासन कार्याल धरानमा प्रमुख चन्द्रबहादुर कार्की, जिल्ला निर्वाचन कार्यालयका निमित्त अधिकृत अजयकुमार मिश्र लगायतको उपस्थितिमा कार्यालय उद्घाटन गरिएको थियो ।

सहज रुपमा मतदानका सम्पूर्ण प्रक्रिया हुनका लागि कार्यालयमा निर्वाचन आयुक्त सहित ७ जना कर्मचारी रहने सहायक अधिकृत दाहालले बताए ।