कास्की निर्वाचन कार्यालय नजिकै बम विस्फोट

Newslaya Home

कास्की निर्वाचन कार्यालय नजिकै बम विस्फोट

बिहीबार २१, कार्तिक २०७६

कास्की । मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीको छेउमा बम विस्फोट भएको छ । जिल्ला प्रहरी कार्यलयका कास्कीले बम विस्फोट भएको पुष्टि गरेको हो।

निर्वाचन कार्यालय र लोकसेवा आयोगको बीचमा पर्ने सडकमा विस्फोट भएको जनाइएको छ । कास्की क्षेत्र नम्बर २ की नेकपाकी उम्मेद्वार विद्या भट्टराई आफ्नो मनोनयन दर्ता गर्न निर्वाचन कार्यालयमा प्रवेश गरेसँगै बम बिस्फोट भएको जनाइएको छ ।