गायिका रेखाको गीत ‘पछ्यौरी भिजायो सिमसिमे पानीले’ सार्वजनिक (भिडियोसहित)

Newslaya Home

गायिका रेखाको गीत ‘पछ्यौरी भिजायो सिमसिमे पानीले’ सार्वजनिक (भिडियोसहित)

बिहीबार २१, कार्तिक २०७६

काठमाडौं । गायिका रेखा शाहले आफ्नो नयाँ गीत ‘पछ्यौरी भिजायो, सिमसिमे पानीले’ सार्वजनिक गरेकी छिन् ।

हरि लम्सालको संगीत तथा भूपेन्द्र खड्काको शब्द रचना रहेको गीतको भिडियोमा अन्जली अधिकारी र महेश खड्काको अभिनय रहेको छ ।

गोविन्द राईको कोरियोग्राफी रहेको गीतको म्युजिक नितिन चन्दले निर्देशन गरेको भिडियोलाई दिप्सन बस्नेतले छायांकन र सम्पादन गरेका छन् ।