मोरङमा फौजी किराको आतंक, किसानहरु चिन्तित

Newslaya Home

मोरङमा फौजी किराको आतंक, किसानहरु चिन्तित

बिहीबार २१, कार्तिक २०७६

विराटनगर । मोरङमा फौजी किराको आतंक देखिएको छ । विभिन्न जिल्लाहरुमा देखिँदै आएको फौजी किराको आतंक मोरङमा पनि देखिएको हो । धान भित्राउने समयमा फौजी किराको संक्रमण बढेपछि किसान चिन्तित बनेका छन् ।

केही समय अघि झापा र सुनसरीमा देखिएको फौजी किराको प्रकोप पथरी शनिश्चरेका धानवालीमा समेत आइपुगेको हो । पाक्ने तयारीमा रहेको धान नोक्सान गरेपछि यतीबेला यहाँका किसानहरु भने चिन्तित बनेका छन्।

नगरकै बढी धान उत्पादन हुने कोठेवारी,मैनखाडी क्षेत्रमा फौजी किराको प्रकोप बढ्दै गएपछि यसको नियन्त्रणका लागि किसानले संम्वधित पक्षसँग आग्रह गरेका छन्। फौजी किराले ठाडै रहेका धानमा मात्र नभएर काटेर सुकाएका धान पनि नष्ट पारेको किसानहरुले बताएका छन् ।