प्यासीद्वारा प्रदेश १ प्रमुखको पदभार ग्रहण

Newslaya Home

प्यासीद्वारा प्रदेश १ प्रमुखको पदभार ग्रहण

बिहीबार २१, कार्तिक २०७६

विराटनगर । प्रदेश नम्बर १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले बुधबार पदबहाली गरेका छन् । काठमाडौंबाट बुधबार अपरान्ह विराटनगर विमानस्थल ओर्लिए लगतै प्रदेश प्रमुखको कार्यालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै प्रदेश प्रमुख प्यासीले आफ्नो पदलाई तडकभडकपूर्ण नबनाउने बताए । राजनीतिक शक्तिहरु, आर्थिक र शैक्षिक क्षेत्रको अवस्था लागयतको क्षेत्रको बारेमा जानकारी लिएर व्यवस्थित रुपमा आफ्नो कार्यलाई अघि बढाउने प्रदेश प्रमुख प्यासीले बताए ।

प्रदेश प्रमुख प्यासीले ‘नेपालको संविधानको धारा १६३ (२) बमोजिम सम्मानिय राष्ट्रपतिबाट प्रदेश प्रमुखमा नियुक्त भई प्रदेशको राजधानी विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भई कार्यभार सम्हाल्न पदबहाली गरें साथै कार्यालय सञ्चालनको अवस्थाबारे कर्मचारीहरुसँग जानकारी लिए’ पुस्तिकामा लेखे ।

नवनियुक्त प्रदेश प्रमुख अधिकारी मंगलबार काठमाण्डौंमा शपथग्रहण गरी बुधबार अपरान्ह विराटनगर आएका हुन् ।