हङकङमा फूल दिने बहानामा सांसदमाथि चक्कु प्रहार

Newslaya Home

हङकङमा फूल दिने बहानामा सांसदमाथि चक्कु प्रहार

बिहीबार २१, कार्तिक २०७६

हङकङ । हङकङमा चीन समर्थित सांसदमाथि चक्कु प्रहार भएको छ । सरकार विरोधी एक आन्दोलनकारीले फूल दिने बहानामा बुधबार बिहान सांसदमाथि चक्कु प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

प्रदर्शनको विरोधमा रहेका सांसद जुनियस हो क्वान यूलाई ती प्रदर्शनकारीले फूलको गुच्छा दिए लगत्तै झोलाबाट चक्कु निकाली उनको छातीमा प्रहार गरेका थिए । उनको देब्रे छातीमा चोट लागेका छ । उनका सहयोगी र ती प्रदर्शनकारीलाई उपचारका लागि ट्युएन मुन अस्पताल लगिएको बताइएको छ ।

गत अप्रिलमा हङकङ सरकारले संसद् सुपुदर्गी विधेयक प्रस्तुत गरेसँगै त्यसको विरोध हुँदै आइरहेको थियो । उक्त विधेयक सरकारले फिर्ता लिइसकेको छ । तर अझै आन्दोलनकारीले स्वतन्त्र हङकङको माग राखी निरन्तर प्रदर्शन गर्दै आइरहेका छन् ।