नेपालकै होचा व्यक्ति दाबी गर्दै बिराटनगरपालिकाले एक युवकलाई मासिक भत्ता दिने

Newslaya Home

नेपालकै होचा व्यक्ति दाबी गर्दै बिराटनगरपालिकाले एक युवकलाई मासिक भत्ता दिने

बिहीबार २१, कार्तिक २०७६

विराटनगर । बिराटनगरपालिकाका एक युवकलाई नेपालकै होचा व्यक्ति दाबी गर्दै महानगरपालिकाले विशेष भत्ता दिने भएको छ । विराटनगर–१९ का २१ वर्ष वर्षिय प्रकाशकुमार सरदारलाई महानगरले मासिक ६ हजार भत्ता दिने भएको हो ।

उमेरले २१ वर्ष पुगेका सरदारको उचाई ३१ इञ्च मात्र छ । असामान्य कम उचाई भएका प्रकाशलाई एक वर्षअघिबाट महानगरले मासिक तीन हजार भत्ता उपलब्ध गराउँदै आएको थियो ।

महानगरले उनलाई पूर्ण अपांगता भएका व्यक्तिलाई प्रदान गरिने रातो कार्ड उपलब्ध गराएको छ । अब महानगरले दिने विषेश भत्ता र अपाङ्गता भत्ता गरी उनले मासिक ६ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

झट्ट हेर्दा दुधे बालक जस्ता देखिने सरदारले जिल्ला प्रशासन कार्यालय मोरङबाट २०५४ साल असार २ गते जन्ममितिको आधारमा नागरिकता बनाएका छन् । उनी सामान्य परिवारमा जन्मेका हुन् ।