यसकारण खानुहोस् भुटेको चना

Newslaya Home

यसकारण खानुहोस् भुटेको चना

बिहीबार २१, कार्तिक २०७६

चना स्वास्थ्यका लागि निकै फाइदाजनक छ । हरेक बिहान भुटेको चना खानाले शरीरलाई विभिन्न किसिमबाट फाइदा हुन्छ । यसमा पौष्टिक तत्व पाइन्छ । यसले कब्जियतबाट पनि बचाउँछ ।

बजारमा बोक्रा भएको र बोक्रा छिलेको गरि दुई प्रकारको चना पाइन्छ । बोक्रा सहितको चना खानु स्वास्थ्यको हिसाबले राम्रो मानिन्छ । भुटेको चनामा कार्बोहाइड्रेट, प्राटिन, क्याल्सियम, आइरन र भिटामीन भरपुर पाइन्छ ।

भुटेको चना खाँदा हुने फाइदाहरुको बारेमा पढिसकेपछि तपाईलाई प्रश्न उठ्न सक्ला, एक दिनमा कति चना खाने ? यस विषयमा बसंत कुंजस्थित इन्डियन स्पाइनल इन्जरी सेन्टरको सिनियर डाइटिसियन डा. हिमांशी शर्माका अनुसार एक स्वास्थ्य ब्यक्तिले प्रत्येक बिहान ५० देखि ६० ग्राम चना सेवन गर्नु उपर्युक्त हुन्छ ।

यस्ता छन् भुटेको चना खानुका फाइदा

प्रतिरोधक क्षमता बढाउँछः प्रत्येक बिहान खाजा तथा दिउँसोको खाना खानु पहिल्यै ५० ग्राम भुटेको चना खाँदा रोग प्रतिरोधक क्षमता बढ्छ । साथै यसले मौसम अनुसार शरीरमा हुने विभिन्न समस्याबाट पनि बचाउँछ ।

मोटोपन घटाउँछः आफ्नो वजन कम गर्न चाहनेले भुटेको चना खानु लाभदायक छ । दैनिक रुपमा भुटेको चना खानाले मोटोपनको समस्याबाट बच्न सकिन्छ ।

पिशाव सम्बन्धि रोगबाट छुटकारा पाइन्छः भुटेको चना सेवन गर्दा पिशाव सम्बन्धि जोडिएको विभिन्न रोगहरुबाट पनि छुटकारा पाइन्छ । जसलाई छिन–छिनमै पिसाब लाग्छ, उनले चना खानुपर्छ । यसरी नियमित चना खानाले यस्ता समस्याबाट राहात पाइन्छ ।

कब्जियत हुनबाट बचाउँछः जसलाई कब्जियत भएको छ, उनले प्रत्येक बिहान चना खानु राम्रो मानिन्छ । कब्जियत भएको छ भने पनि भुटेको चना खाँदा निकै राहात मिल्छ ।

पाचन शक्ति बढाउँछः चनाले पाचन शक्तिलाई सन्तुलित राख्छ र दिमागी शक्तिलाई बढाउन दद्दत गर्छ । चनाको नियमित सेवन गर्दा रगत सफा हुन्छ, जसको कारण त्वचामा निखारता आउँछ । चनामा फस्फोरस हुन्छ, जसले हेमोग्लोविनको लेवल बढाउँछ ।

मधुमेहका रोगीलाई राहातः भुटेको चना खाँदा मधुमेहका रोगीले राहात पाउँछन् । भुटेको चनामा ग्लुकोजको मात्रा धेरै हुन्छ । यसले डायबिटिज रोगलाई नियन्त्रित गर्छ । भुटेको चना नियमित खाँदा ब्लड सुगरको लेवललाई पनि नियन्त्रणमा राख्छ ।