अनशन बसेका डा.केसीको स्वास्थ्यमा समस्या

Newslaya Home

अनशन बसेका डा.केसीको स्वास्थ्यमा समस्या

बिहीबार २१, कार्तिक २०७६

काठमाडौं । १७ औँ चरणको अनशनमा रहेका डा. गोविन्द केसीको बुधबार स्वास्थ्यमा समस्या देखिएको छ ।

डडेल्धुरा सदरमुकामस्थित एक घरमा सोमबारदेखि अनशन थालेका उनको पिसाबमा समस्या देखिएको चिकित्सकले बताएका छन् ।

उपचारमा संलग्न डा. जितेन्द्र कँडेलले केसीको पिसाबमा एसिटोनको मात्रा बढ्दै गएको बताए । चिसोले यस्तो समस्या निम्त्याएको उनको भनाइ छ ।

ब्लडप्रेसर पनि घट्ने–बढ्ने भइरहेको छ । बुधबार उनको चारपटक स्वास्थ्य जाँच गरिएको थियो ।

मेडिकल कलेजहरूले विद्यार्थीसँग असुलेको बढी शुल्क फिर्ता गरे डा. गोविन्द केसीसँग छलफलको वातावरण बन्ने उनका सहयोगीहरूले बताएका छन् । केसीका सहयोगी डा.जीवन क्षेत्रीले अहिलेको मुख्य मुद्दा नै कलेजबाट ठगिएका विद्यार्थीलाई न्याय दिलाउनु भएको बताए ।