भानुचोकमा नारा लाग्यो, ‘भारतीय विस्तारवाद : मुर्दावाद’

Newslaya Home

भानुचोकमा नारा लाग्यो, ‘भारतीय विस्तारवाद : मुर्दावाद’

बुधबार २०, कार्तिक २०७६

धरान । भारतले कालापानी, पिपुलेक आदि नेपाली भुभाग भारतमा पर्ने गरी नक्सा बनाएको विरोधमा सुनसरीका विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।

धरानको भानुचोकमा भेला भएका नेकपा सम्बद्ध अनेरास्ववियु सुनसरी र अखिल क्रान्तिकारीका युवा विद्यार्थीहरुले भारतीय विस्तारवाद मुर्दावाद भन्दै विरोध प्रदर्शन गरेका हुन् ।

दिउँसो काठमाडौमा पनि युवाहरु भेला भएर विरोध जनाएका थिए भने साँझ धरानमा विरोध प्रदर्शन गरिएको हो ।

अनेरास्ववियूले गर्यो भारतविरुद्ध प्रदर्शन