बन्चरो प्रहार गरी श्रीमतीको हत्या

Newslaya Home

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

बुधबार २०, कार्तिक २०७६

काठमाडौं । सिराहाको कर्जन्हामा बुधबार एक युवकले बन्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । कर्जन्हा नगरपालिका–२ सैलेश टोल बस्ने श्रीमान रामबाबु पासवानले आफ्नी २६ वर्षीया श्रीमती कबिता पासवानको बन्चरो प्रहार गरी हत्या गरेका हुन् ।

घरायसी विवादको कारण मादक पदार्थ सेवन गरेका पासवानले बुधबार बिहान बन्चरो प्रहार गर्दा गम्भीर घाइते भएकी कविताको उपचारका लागि फुलकुमारी मेमोरियल अस्पताल कर्जन्हा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । बन्चरो प्रहार गर्ने रामबाबु हाल फरार रहेको र उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।