धरानमा एकै दिन दुई व्यक्तिले गरे आत्महत्या

Newslaya Home

धरानमा एकै दिन दुई व्यक्तिले गरे आत्महत्या

बुधबार २०, कार्तिक २०७६

धरान । धरानमा एकै दिन दुई जनाले आत्महत्या गरेका छन् । धरान–१९ की १९ वर्षीया अनिता श्रेष्ठले आफ्नै घरको ट्रसमा सलको पासो लगाएर झुण्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यलय धरानले जनाएको छ ।

त्यस्तै, धरान–१५ नयाँ टोल बस्ने ६६ वर्षीय तेजबहादुर पौडेलले डोरीमा पासो लगाएर आत्महत्या गरेका छन् । इलाका प्रहरी कार्यलय धरानका अनुसार उनीहरु दुबैको शव पोष्टमार्टमको लागि धरान स्थित वीपी कोईराला विज्ञान प्रतिष्ठान पठाईएको छ ।