इटहरीमा एक व्यक्ति मृत फेला

Newslaya Home

इटहरीमा एक व्यक्ति मृत फेला

बुधबार २०, कार्तिक २०७६

इटहरी । इटहरीमा एक व्यक्ति मृत फेला परेका छन् । इटहरी स्थित पूर्व लाइनमा रहेको बुढी खोला किनारमा एक व्यक्ति मृत फेला परेका हुन् ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीका अनुसार बेवारिसे मानिसको शव भेटिएको हो ।

शवको पहिचान हुँन बाँकी रहेको र शवलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको भण्डारीले जानकारी दिएका छन् ।