धरानमा साझा पार्टीबाट राजनकुमार श्रेष्ठ उम्मेद्धवार

Newslaya Home

धरानमा साझा पार्टीबाट राजनकुमार श्रेष्ठ उम्मेद्धवार

बुधबार २०, कार्तिक २०७६

धरान । साझा पार्टीले धरान उपमहानगरपालिकामा राजनकुमार श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टीले यसअघि कास्कीको निर्वाचन क्षेत्र नं. २, भक्तपुर क्षेत्र नं. १ को प्रदेश (क) र दाङ क्षेत्र नं. ३ को प्रदेश (ख) मा उम्मेदवार घोषणा गरिसकेको छ । धरानका लागि भने सामाजिक अभियन्ता राजनकुमार श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता सूर्यराज आचार्यले जानकारी दिएका छन् ।